रामेछाप २७ कात्तिक । स्थानिय सरकारको सुशासनमा नागरीक समाजको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम मन्थलीमा सम्पन्न भएको छ । मानव अधिकार संरक्षण सन्जाल रामेछापको समन्वय तथा युएसएडको आर्थिक सहयोग , एफएचआई ३६० र हुरान्डेक नेपाल दोलखाको साझेदारीमा कार्यक्रम सम्पन्न भएको हो । मानव अधिकार संरक्षण सन्जाल रामेछापका संयोजक पाण्डब प्रसाईको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा हुराडेक नेपाल दोलखाका कार्यक्रम संयोजक शेर बहादुर भुजेल , मित्रसमाजका प्रतिनिधि गोविन्द बस्नेत , जिल्ला बारका अध्यक्ष विचार सिंह दोङ ,नेपाल पत्रकार महासंघ रामेछापका उपाध्यक्ष कैलाश खत्री , गैर सरकारी संस्था महासंघ रामेछापका उपाध्यक्ष रत्नप्रसाद कडेंल लगाएतले आफ्नो बिचार राखेका थिए ।
कार्यक्रममा सहभागिहरुले सुशासन स्थापना गर्न नागरिक समाजले नागरिक समाजेले पहल कदमी लिनुपर्नेमा जोड दिएका थिए । राज्यसक्ताको नेतृत्व गर्ने व्यक्तिहरुले सुशासन दिन नसक्दा नागरिकमा बितृष्ना पैदा हुने र विकासको आयोजनाहरु अलपत्र पर्ने भन्दै स्थानीय तहमा सुशासनको पक्षमा खवरदारी गर्नुपर्नेमा जोड दिएका छन् । गाउँमा संचालित विकास आयोजनाहरुमा के काम हुदै छ ? कति बजेट आयो ?कति समयभित्र काम सम्पन्न गर्ने हो ? जस्ता बिषयमा नागरिकहरुलाई प्रश्न उठाउँन सक्ने बनाउँनु नागरिक समाजको दायित्व भएको नागरिक समाजका प्रतिनिधिहरुको भनाई छ । त्यसका लागि जिल्लाका संचारमाध्ययमले निरन्तर खबरदारी गर्नुपर्नेमा जोड दिइएको थियो ।