ताजा समाचार


पर्खालले थिचेर सिन्धुलिमा एक जनाको मृत्यु

 नेपाल बाहक    २९ कार्तिक २०७६, शुक्रबार ०८:३०     346 जनाले पढ़िसके

सिन्धुली २९ कात्तिक ।

सिन्धुलीमा पखाृलले थिचेर एक जनाको मृत्यु भएको छ । सिन्धुली जिल्लाको दुधौली नगरपालिका ३ खुट्टेपानीमा निर्माणाधिन सडक खण्ड पर्खालले थिचेर प्रेम बहादुर तामाङको मृत्यु भएको हो । जालीमा ढुंगा भर्ने क्रममा सोहि सडकको बाया तर्फको पुल कल्भटको पर्खाल भत्किई तामाङको मृत्यु भएको छ । जिल्ला अस्पताल सिन्धुली ल्याउँदैँ गर्दा बाटोमा तामाङको मृत्यु भएको सिन्धुली प्रहरीले जनाएको छ ।