ताजा समाचार


पूर्वमन्त्री आलमलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतको आदेश

 नेपाल बाहक    २९ कार्तिक २०७६, शुक्रबार १२:०९     369 जनाले पढ़िसके

रौतहट , २९ कात्तिक । राजपुर बम बिस्फोट प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ ।
आलविरुद्धको मुद्दामा दुवै पक्षको थुनछेक बहस सकिएपछि शुक्रबार रौतहट जिल्ला अदालतले थुनामा पठाउन आदेश दिएको हो। वादी तर्फबाट १२ जना र प्रतिवादीको तर्फका २८ जना कानुन व्यवसायीले ८ दिन लगाएर बहस गरेपछि अदालतको आदेश दिएको हो। यो आदेशमा चित्त नबुझेमा आलमलाई उच्च अदालतमा निवेदन दिन पाउने छन् ।