ताजा समाचार

इटालिमा बाढीका कारण जनजिवन अस्तव्यस्त : विद्युत समेत कटौती

 नेपाल बाहक    २९ कार्तिक २०७६, शुक्रबार १२:१६     267 जनाले पढ़िसके

काठमाडौं २९ कात्तिक । इटालीको भेनिस शहरमा बाढीका कारण जनजिवन अस्तव्यस्त बनेको छ । शहरमा करिव ६ फिटसम्म पानी जमेकाले सरकारले आपतकालीन अवस्थाको घोषणा गरेको छ ।

बाढीका कारण उक्त शहरमा विद्युत कटौती भएको छ । विश्व सम्पदा सूचिमा रहेका महत्वपूर्ण स्थानहरुमा पनि बाढीले प्रभावित पारेको बताइएको छ । कतिपय ऐतिहासिक संग्रहालयहरु बन्द गराइएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

इटालीका प्रधानमन्त्री ज्युसेपे कोन्टेले बाढी प्रभावितहरुलाई तत्काल उद्धार तथा राहतको व्यवस्था गर्ने बताएका छन् । उनले आपतकालीन अवस्थामा धैर्य रहन पनि देशवासीलाई अपील गरेका छन् ।

भेनिस शहर इटालीको उत्तरपूर्वी तटमा पर्ने एक ल्यागुनभित्र एक सय भन्दा बढी टापुहरु मिलेर बनेको छ ।