रामेछाप । मंसिर १ गते
नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधीले सिमाविवादको विषयलाई लिएर भएको राष्ट्रिय एकतालाई सरकारले सदुपयोग गर्न नसकेको आरोप लगाएका छन् । प्रेस युनियन रामेछापले आइतबार सदरमुकाम मन्थलीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमा बोल्दै निधीले कालापानी र सुस्ता नेपालकै भएको भन्दै सो सिमा विवादलाई कुटनीतिक हिसावले समधान गर्नु पर्ने बताए ।
निधीले भारतसँगै चिनसंँग पनि सिमा विवाद रहेकोले त्यसको पनि कुटनीतिक समाधान खोज्नु पर्ने बताए । यो समस्या सडकमा उफ्रिएर वा नारा लगाएर समाधान नहुने उनले बताए । राष्ट्रिय सहमति बनेको यही बेलामा सरकाले यसको लागि कुटनीतिक पहल अघि बढाउनु पर्ने उनले बताए ।
कार्यक्रममा बोल्दै उनले सरकाले सत्ता र शक्तिको दुरुपयो गरि प्रेसलाई अंकुश लगाउने काम गरेको समेत आरोप लगाए । मिडियालाई मात्र हैन गीत गाउनेलाई समेत सरकारले नछाडेको उनको आरोप छ । उनले सरकार संघिय संरचनालाई नै ध्वस्त पार्ने गरि राज्यको संक्ति केन्द्रिकृत गर्ने हिसावले लागेको बताए । यसले सरकार सर्वसत्तावाद तर्फ उन्मुख रहेको निधीको भनाई थियो ।
फरक प्रशंगमा निधीले निर्धा्रित समयमा नेपाली काँग्रेसको राष्ट्रिय महाधिवेशन हुन नसक्ने पनि बताए । संविधानले गरेको व्यवस्था अनुसार पार्टी नयाँ संरचनामा जानु पर्ने भएकोले २०७७ सालमा पार्टीको महाधिवेशन हुन नसक्ने उनको भनाई थियो । पार्टी विधानले गरेको व्यवस्था अनुसार केन्द्रिय समितिको म्याद एक वर्ष थप गर्नु पर्ने उनको भनाई थियो ।
नेपाली काँग्रेस भित्र गुट नभई समुह भएको उनको भनाई थियो । प्रजातान्त्रिक पार्टी भएकाले निर्वाचनमा जाँदा समुह हुने र त्यसले पार्टीमा अलग समुहको आलोचन हुने गरेको उनले बताए । काँग्रेस पार्टीमा सबैभन्दा खतरनाक कुरा अन्तरघात भने भएको उनले स्विकार गरे । अन्तरघातलेनै काँग्रेस समाप्त भएको उनको भनाई थियो । मंसिर १४ गते हुने उपनिर्वाचनमा पार्टी एक भएको देखाउन उनले कार्यकर्ताहरुलाई निर्देशन समेत दिए।