रामेछाप । मंसिर १ गते,
मंसिर २ गते सोमबार मन्थली नगरपालिका अन्तरगतका १४ वटै बडा बाट प्रवाह हुने सेवा स्थगित हुने भएको छ । नगरसभा सदस्य रामबहादुर लामा तामाङको गत कात्तिक २३ गते असामुहिक निधन भएको शोक सेवा प्रवाह बन्द गरिन लागेको हो । मन्थली नगरपालिकाको ३२ औँ कार्यपालिका बैठकले स्वाक प्रस्ताव पारित गरेको थियो । सोहि बैठकको निर्णय अनुसार २ नगरपालिका र ६ गाउँपालिकाको केन्द्र रहेको मन्थली नगरपालिका सहित १४ वडाबाट प्रवाहा हुने सेवा पुर्ण रुपमा बन्द हुने मन्थली नगरपालिकाले जनाएको छ । यस्तै मन्थली नगरपालिका भित्रका वडाहरुले पनि कार्यपालिका बैठकको निर्णयअनुसार आफ्नो वडाबाट प्रवाहा हुने सेवा बन्द हुने जनाएका छन् । वडा कार्यालयहरुले एक सूचना जारी गरी मन्थली नगरसभा सदस्य रामबहादुर लामा तामाङको निधन प्रतिको स्वकमा एक दिन कार्यालयबाट प्रवाहा हुने सेवा बन्द गर्ने जनाएका हुन् ।