ताजा समाचार


दोलखामा बस दुर्घटना हुदाँ एक जनाको मृत्य

 नेपाल बाहक    ५ मंसिर २०७६, बिहीबार ०८:३३     232 जनाले पढ़िसके

दोलखा, मंसिर ५ गते ।
दोलखामा यात्रुबहाक बस दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ८ बोचमा बस दुर्घटना हुँदा वैत्यश्वर गाउँपालिका वडा नम्बर ३ मिर्गेकी ७० वर्षिया कुमारी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
मिर्गेबाट काठमाण्डौका लागी छुटेको बा ३ ख २९९७ नम्बरको बसमा कुल २० जना सवार थिए । बोच स्थित ठुलिनागीमा पुगेपछि डिजेल सकिएको थियो । सोहि स्थानमा बस रोकेर गाडी स्टाफ डिजेल लिन गएको समयमा अचानक बस पल्टिएको हो ।