ताजा समाचार


रामेछापमा नमुना निवार्चन गराउने प्रशासनको भनाई

 नेपाल बाहक    ५ मंसिर २०७६, बिहीबार ०८:४९     391 जनाले पढ़िसके


रामेछाप , मंसिर ५ गते ।
आगामी मंसिर १४ गते हुने वडा नं ५ प्रितिको वडाअध्यक्ष पदको निर्वाचनको लागि उमाकुण्ड गाउँपालिकामा राजनीतिक दलले प्रचार प्रसारको कामलाई तिब्र बनाएका छन् । राजनीतिक दलहरुले पोष्टर पम्प्लेट टाँस्ने तथा झण्डा राख्ने कामलाई तिब्र बनाएका छन् ।
नेकपा, नेपाली काँग्रेस, समाजवादी नेपाल पार्टी र राप्रपा संयुक्तका उम्मेदवारहरु चुनावी मैदानमा छन् । निर्वाचनमा प्रमुख प्रतिश्पर्धा भने नेकपा र नेपाली काँग्रेसका उम्मेदवार बिच देखिएको छ । नेकपाले कुलबहादुर बस्नेतलाई उम्मेदवार बनाएको छ भने नेपाली काँग्रेसले सावित्री सुनुवारलाई वडाअध्यक्षको उम्मेदवार बनाएको छ ।
यसै बिच जिल्ला सदरमुकाम मन्थलीबाट सबैभन्दा दुर्गममा रहेको सो गाउँपालिकामा हुने चुनावको सुरक्षा अवस्था बुझ्न प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी सहितको सुरक्षा समितिको टोली प्रिति पुगेको छ । पत्रकार सहित पुगेको टोलीले जनप्रतिनिधिहरु तथा राजनीतिक दलका प्रतिनिधिहरुसँग निर्वाचनको तयारी र सुरक्षा अवस्थाको बारेमा छफल गरको थियो । छलफलको क्रममा नेपाली काँग्रेसका पालिका सभापति हेमराज सुनुवारले आफ्नो पार्टीका उम्मेदवारको प्रचारको लागि टाँसिएको पोष्टर च्यातिएको आरोप लगाए । त्यस्तै नेकपाका प्रतिनिधि प्रविनकुमार सनुवारले भने नेपाली काँग्रेसले ठाउँठाउँमा झडपको अवस्था सिर्जना गरेको आरोप लगाए ।
गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवार र उपाध्यक्ष उर्मिला कार्कीले भने सो वडाको निर्वाचन देश भरिकै नमुना र शान्तिपूर्ण निर्वाच होस भन्ने चाहेको बताए ।
छलफलमा बोल्दै प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसीले सहज तरिकाले मतदान गर्ने वातावरण निर्माण गरी सो वडाको निर्वाचनलाई नमुना निर्वाचन बनाउने बताइन् ।
रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक सन्तोष भट्टराई सुरक्षा व्यवस्था अत्यन्त मजवुत बनाइएकोले निश्पक्ष मतदान हुने बताए । उनले अहिले सो वडाका हरेक मतदातालाई समेत सरक्षा दिन प्रहरी सक्षम रहेको बताए । तर स्थानीय सानातिना समस्या स्थानीय स्तरमा नै बसेर मिलाउन उनले आग्रह गरे ।
सो वडामा गएको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारले बिजय प्राप्त गरेका थिए । उनको मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो ।