ताजा समाचार


खाँडादेबिमा मोतिया बिन्दु भएकाहरुका लागि निशुल्क स्वास्थ्य शिविर

 नेपाल बाहक    ८ मंसिर २०७६, आईतवार १०:२२     946 जनाले पढ़िसके

रामेछाप, मंसिर ८ गते ।
रामेछापको खाँडादेवी गाउँपाकिलामा आखाँको मोतियाविनदु भएकाहरुको निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । २ दिनसम्म चलेको सो शिविरमा रामेछापको सुनापति, दोरम्बा र खाँडादेवी गाउँपालिकाका १ सय ३१ जना मोतियाविन्दुका विरामीहरुको सफल सल्यक्रिया भएको छ ।
गाउँगाउँमा गई सल्यक्रिया गर्नु पर्ने विरामीहरुको छनौट गरेर खाँडादेवी गाउँपालिकामा ल्याएर २ दिनसम्म निशुल्क सल्या क्रिया गरिएको जिल्ला सामुदायीक आँखा केन्द्र रामेछापका इञ्चार्ज बाशु अधिकारीले बताए ।
खाँडादेवी गाउँपालिका, तिलगंगा आँखा प्रतिष्ठान, जिल्ला सामुदायीक आँखा केन्द्र रामेछाप र सामुदायीक विकास समाज रामेछापको संयुक्त आयोजनामा भएको सो आाखा शिविरको लागि ३ वटा गाउँपालिकाका विभिन्न वडाहरुमागई सल्यक्रिगा गर्नु पर्ने विरामीहरुको छनौट गरिएको थियो । छनौट गरिएका विरामीहरुको खाँडादेवी गाउँपालिकामा आयोजना गरिएको शिविरमा सल्यक्रिया गरिएको हो । विरामीहरुको तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरुले सल्यक्रिया गरेका थिए ।
काठमाडौँ गएर उपचार गर्दा एउटा आँखको२५ हजारसम्म खर्च हुने भए पनि गाउँमा भने निशुल्क उपचार भएको सामुदायीक विकास समाजका कार्यकारी निर्देशक मिलन घिसिङले बताए । गाउँमा नै सहज रुपमा उपचार होस् भनि शिविरको आयोजना गरिएको खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङले बताए ।