ताजा समाचार


मन्थलीमा मानसिक एवं मनोसामाजिक स्वास्थ्य समस्या र सहयोग विषयक तालिम सुरु

 नेपाल बाहक    ८ मंसिर २०७६, आईतवार १२:३५     618 जनाले पढ़िसके


रामेछाप , मंसिर ८ गते ।
स्वास्थ्यकर्मीहरुको लागि मानसिक एवं मनोसामाजिक स्वास्थ्य समस्या र सहयोग विषयक ६ दिन तालिम आइतबारबाट रामेछापको सदरमुकाम मन्थलीमा सुरु भएको छ । अमेरिकियर्सको सहयोग, टिपिओ नेपालको समन्वय र मन्थली नगरपालिका तथा खाँडादेवी गाउँपालिकाको आयोजनामा सुरु भएको सो तालिममा मन्थली नगरपालिका तथा खाँडादेवी र उमाकुण्ड गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्थाका मेडिकल अधिकृत तथा हेल्थ असिस्टेन्टहरुको सहभागिता रहेको छ ।
कार्यक्रमको शुभारम्भ गर्दै मन्थली नगरपालिकाकी उप्रमुख मायाँ कार्कीले पछिल्लो समय मानसिक समस्याका विरामीहरु बढ्दै गएकोले यसको उपचारमा स्वास्थ्यकर्मीहरुको ध्यान जानु पर्ने बताइन् । मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हेमन्त बुढाथोकीले स्वास्थ्य सेवालाई प्रभाकारी बनाउन पालिका लागि परेको बताउँदै यसमा स्वास्थ्यकर्मी र अन्य सरोकारवाला पनि त्यतिकै लाग्नु पर्ने बताए । मन्थली नरपालिकाको स्वास्थ्य शाखाका प्रमुख केशव फुयाँले भुकम्प पछि मनोसामाजिक समस्याका विरामीहरु ह्वात्तै बढेकाले यो रोगको उपचार सरकारको पहिलो प्राथमिकताको उपचारमा परेको बताए । कार्यक्रममा टिपिओ नेपालका जिल्ला कार्यक्रम संयोजक पाण्डव प्रसाईँले जिल्लामा सरुवा भई आएका नयाँ स्वास्थ्यकर्मीहरुलाई विरामीको उपचार गर्न सहज होस् भनि तालिम आयोजना गरिएको बताए । तालिममा मानिसक अस्पताल पाटनका मानसिक रोग विशेषज्ञ डाक्टर केनिसन श्रेष्ठले प्रशिक्षण दिइ रहेका छन्