काठमान्डौँ ११ मंसिर ।
इराकमा बम बिस्फोटमा ६ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । इराकको राजधानी बगदादका तीन छुट्टाछुट्टै स्थानमा भएको बिस्फोटमा भएको हो ।
उत्तरी बगदादमा मोटरसाइकमा बिस्फोट हुँदा तीन जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । बिस्फोटमा ६ जना घाइते भएका थिए ।
त्यसैगरी दक्षिणपश्चिम बया जिल्लामा दोस्रो मोटरसाइकल बिस्फोटमा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छ् ।
यस्तै पूर्वी बलदियात जिल्लामा भएको बिस्फोटमा एक जनाको मृत्यु हुनुका साथै चार जना घाइते भएको बताइएको छ ।