ताजा समाचार


खाँडादेवी गाउँपालिकामा सामुदायीक विकास समाजले सञ्चालन गरेको कार्यक्रमको सार्वजनिक परिक्षण

 नेपाल बाहक    १२ मंसिर २०७६, बिहीबार ०६:२८     484 जनाले पढ़िसके

रामेछाप, मंसिर १२ गते ।
रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकाको वडा नम्बर १ कोथवे र वडा नम्बर ३ डब्खामा संचालित सिमन्तकृत समूहको लागि विपद् पछिको एकीकृत पुनःस्थापना सहयोग कार्यक्रमको सार्वजनिक परिक्षण तथा परियोजना समिक्षा कार्यक्रम सम्पन्न भएको छ । एम सि सि नेपालको आर्थिक सहयोग, संस्थागत विकास सञ्जालको समन्वय र सामुदायिक विकास समाज रामेछापको सहजीकरणमा संचालनमा रहेको परियोजनाको सार्वजनिक परिक्षण तथा परियोजना समिक्षा भएको हो । कार्यक्रममा डब्खाको माझी गाउँमा समुदाय परिचालन, आवस पुन निर्माण, सिञ्चाई, खानेपानी र कृषि गरी १५ लाख ३५ हजार एक सय १८ रुपैयाँ र कोथवेमा २६ लाख ९३ हजार ६ सय खर्च भएको परियोजना संयोजक सुकराम घिसिङले जानकारी गराउनुभएको छ ।
सुनकोशी ताजा तरकारी कृषक समूह र जाँगरिलो तरकारी कृषक समूह तथा कोथवेका सुनकोशी कृषक समूह र कालीदेवी कृषक समूहलाई तरकारी राख्ने क्रेटसँगै स्टेशनरी किटहरु वितरण पनि गरिएको छ । जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङ, उपाध्यक्ष मखमली श्रेष्ठ, वडाध्यक्ष पुस्कर कुमार कार्की लगायतले परियोजना र गाउँपालिकाको सहयोगमा उत्पादन भएका तरकारी एवं कृषि उपजको बजरीकरणका लागि स्थानीय सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । २०७३ चैत्र महिना देखि सुरु भएको परियोजना यहि मंसिर सम्म संचालन हुने पनि कार्यक्रममा जानकारी गराईएको छ ।