काठमाडौं, मंसिर १३ गते ।
भारतले १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला भलिबलको समूह चरणमा लगातार दुई खेल जितसँगै समूह विजेताका रुपमा सेमिफाइनल पुगेको छ ।
भारतको त्यो जितसँगै एक खेल जितेको नेपाल पनि समूह उपविजेताका रुपमा सेमिफाइनल पुगेको छ । दुवै खेलमा पराजय भोगेको बंगलादेश प्रतियोगिताबाट बाहिरिएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्ड हलमा शुक्रबार भएको खेलमा भारतले बंगलादेशलाई २५–८,२५–११ र २५–९ को सोझो सेटमा पराजित गरेको थियो । पहिलो खेलमा पनि बंगलादेशसँग समान ३–० कै सोझो सेटमा पराजित भएको थियो ।
नेपालले पनि भारतसँगको खेल ३–० को सोझो सेटमा गुमाएको थियो । यद्दपी नेपालले पहिलो सेटमा भने कडा टक्कर दिएर अन्तमा २६–२४ ले खेल गुमाएको थियो ।