ताजा समाचार


रामेछापमा उपनिर्वाचन : शान्तिपूर्ण मतदान हुदैँ

 नेपाल बाहक    १४ मंसिर २०७६, शनिबार ०७:००     596 जनाले पढ़िसके

रामेछाप,१४ मंसिर
वडा अध्यक्षको लागि रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं ५ मा भएको उपनिवार्चन शान्तिपूर्ण भइरहेको छ । बिहान ७ बजे बाट निवार्चन सुरु भएको थियो । हाल सम्ममा ७ सय मत खसेको छ । १७ सय ४९ मतदाता रहेकोमा करिब १३ सय मत खस्ने अनुमान गरिएको भने २ वटा मतदान केन्द्र रहेका छ । निर्वाचनको रामेछापका प्रमुख जिल्ला अधिकारी लिला कुमार पाण्डे केसी, जिल्लाका प्रहरी प्रमुख भट्टराई, निर्वाचन आयोग रामेछापका प्रतिनिधिहरुले निर्वाचनको अनुगमन गरि रहुनु भएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख सन्तोष भट्टराईका अनुसार शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । आज पाँच बजेपछि मतगणना सुरु हुने बताईएको छ ।
निर्वाचनमा नेकपाका उम्मेदवार कुलबहादुर बस्न्त र कांग्रेसका उम्मेदवार सावित्री सुनुवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।