ताजा समाचार


स्थनिय सरकारलाई स्वच्छ, पारदर्शि र निश्पक्ष बन्न संसद पौडेलको आग्रह

 नेपाल बाहक    १४ मंसिर २०७६, शनिबार ११:३५     667 जनाले पढ़िसके

रामेछाप १४ मंसिर ।
प्रदेश नम्वर ३ का सांसद शान्ति प्रसाद पौडेलले स्थनिय सरकारलाई स्वच्छ, पारदर्शिता र निश्पक्ष बन्न संसद पौडेलको आग्रह गनु भएको छ । उहाँले जनताको घरदैलोको सरकार स्थानीय सरकार भएकाले यसले कानुन बनाएर कानुन अनुसार चल्नु पन बताउनु भएको हो । रामेछापको मन्थलीमा हुराडेक नेपाल दोलखाद्वारा सञ्चालित नागरिक समाज पारस्पारिक जवाफदेहिता परियोजनाको आयोजना र मानवअधिकार संरक्षण सञ्जाल रामेछापको समन्वयमा शनिबार आयोजना गरेको स्थानीय सरकारको नीति निर्माण र कार्यान्वयन तथा जिल्लामा विकास योजनाहरुको कार्यान्वयनको अवस्था विषयक साझा सभा कार्यक्रममा उनले यस्तो बताउनु भयो ।
जिल्लाको लिखुतामाकोसी गाउँपालिकालाई इङकीत गर्दै सांसद पौडेलले यस्ता कानुन नमान्नेहरु आफै ठिक भएर जाने बताए । लिखुतामाकोसी गाउँपालिकामा देखिएको समस्या समाधानका लागि आफू र आफ्नो पार्टी नेकपा लागि परेको पनि उनले बताए । उनले लोकतन्त्रलाई बलियो बनाउन स्वच्छ, पारदर्शिता र निश्पक्ष ढङ्गले अघि बढ्न स्थानीय सरकारलाई सुझाव दिए ।
अहिलेको अनुगम प्राणाली परिर्वतन गर्नु पर्नेमा मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले जोठ दिनु भएको छ । नगरप्रमुख बस्नेतले यो अनुगमन प्राणालि बिरालो बाधेर श्रद्घा गरेको जस्तो भएको बताउनु भएको थियो । आज मानव अधिकार संरक्षण संन्जाल रामेछापले मन्थली आयोजना गरेको स्थानिय सरकारको निति निमार्ण तथा कार्यन्वयन र स्थानिय सरकारको कार्यक्रम कार्यन्वयनको अवस्था बिषय साझा सभा कार्यक्रम बोल्दै यस्तो बताउनु भएको हो ।
लिखु तामाकोसी गाउँपालिकाकी उपाध्यक्ष दिपशिखा दाहालले गाउँपालिका आन्तरिक समस्याका कारण बजेट विहिन भएको बताईन् । सो गाउँपालिकाको यस अर्थिक वर्षका बजेट आउन नसकेको उनले बताइन् । नागरिकले पाउने सेवा प्रवाहको लागि भने आपूmले निरन्तर प्रयाश गरि रहेको उनले बताइन् ।
कार्यक्रममा बोल्दै नेकपा रामेछापका नेता अनन्द श्रेष्ठले राजनितिक मात्र नभएर समाजिक चरित्र पनि परिर्वतन गर्नु पर्ने बताउनु भयो ।
मानवअधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक अधिवक्ता पाण्डव प्रसाईको कार्यक्रममा आधरपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा जिल्ला स्थित विषयगत कार्यालयहरुले प्रवाह गरेको कामका बारेमा सम्बन्धीत कार्यालयका प्रमुखहरुले जानकारी गराएका थिए ।
कार्यक्रममा सहभागीहरुले मन्थली बजारको ढल ब्यवस्थापन हुन नसकेको , प्रभावकारी बजार अनुगमन र मुल्य निर्धारणमा ध्यान नगएको, , भुकम्प पीडीत लाभग्राहीमा पीडितहरुको नाम नआएको, स्वास्थ्य विमा कार्यक्रम प्रभावकारी बन्न नसकेको लगायतका गुनासो गरेका थिए । नेकपा रामेछापका नेता आनन्द श्रेष्ठ, नेपाली कांग्रेसका कोषाध्यक्ष कुमार श्रेष्ठ लगाएतले बोलेको कार्यक्रममा नागरिक समाजका अगुवा, जनप्रतिनिधि , पत्रकार लगायतको सहभागीता रहेको थियो ।