ताजा समाचार


उपनिर्वाचन अपडेट : रामेछापमा ६७ प्रतिशत मतदान

 नेपाल बाहक    १४ मंसिर २०७६, शनिबार १२:१६     317 जनाले पढ़िसके

रामेछाप,१४ मंसिर
वडा अध्यक्षको लागि रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं ५ मा भएको उपनिवार्चन शान्तिपूर्ण रुपले सम्पन्न भएको छ । बिहान ७ बजे बाट सुरु भएको निवार्चन साझँ ५ बजे सम्म मतदान भएको थियो । १७ सय ४८ मतदात रहेको प्रितिमा ११ सय ७२ मत खसेको थियो । २ वटा मतदान केन्द्र रहेका छ । निर्वाचनको रामेछापका प्रमुख जिल्ला अधिकारी लिला कुमार पाण्डे केसी, जिल्लाका प्रहरी प्रमुख शन्तोष भट्टराई, निर्वाचन आयोग रामेछापका प्रतिनिधिहरुले निर्वाचनको अनुगमन गर्नु भएको थियो । शनिबार बेलुका बाट मत गणना सुरु हुने बताइएको छ ।