रामेछाप,१५ मंसिर । उमाकुण्ड गाउँपालिका–५ प्रितिमा भएको वडा अध्यक्षको उपनिर्वाचनमा नेकपाका उम्मेदवार कुल बहादुर बस्नेत बिजय हुनु भएको छ । कांग्रेसका उम्मेदवार सावित्री सुनुवारलाई दोब्बर मतले पराजित गर्दै बस्नेत बिजय हुन्नु भएको हो । शनिबार भएको उपनिवाचनमा ११ सय ७३ मत मध्ये बस्नेतले ७६९ मतले विजयी हुनुभएको हो । निकटतम प्रतिद्धन्द्धी सुनुवारले ३८० मत प्राप्त गर्नुभयाे ।