सिन्धुली १७ मंसिर ।
सुनकोसी नदिको किनारमा एक युवाको मृत्य अबस्थामा फेला परेका छन् । अन्दाजि २५÷२६ बर्षका नाम ठेगना नखुका एक युवालाई सुनकोसि नदिमा स्थानियले मृत्य फेला पारेका थिए । गोलन्जोर गाउँपालिका ३ मा सुनकोसि नदि नजिकै शव फेला परेको स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।
घटनाको खवर पाउन साथ प्रहरी चौकी ग्वालटारका प्रहरी सहायक निरिक्षकको कमाण्डमा ३ जना र ईलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरिक्षकको कमाण्डमा ५ जना गरि ८ जनाकोे टोली घटना स्थल तर्फ गएको सिन्धुली प्रहरी जनाएको छ ।