काठमाडौं, मंसिर १७ । फिलिसिन्समा आएको कमुरी आँधीका कारण २ लाख भन्दाबढी प्रभावित भएका छन् । विमानस्थल पनि बन्द गरीएको छ ।
मध्य फिलिसिन्समा आएको कमुरी आँधीका कारण बाढी र पहिरो आउने डरले हजारौं सर्वसाधारणलाई समुद्री तट र हिमाली क्षेत्रबाट अन्यत्र स्थानान्तरण गरिएको जनाइएको छ ।
लुजोन टापुको दक्षिणी क्षेत्रबाट सुरु भएको आँधी देशको मध्य क्षेत्रतर्फ बढ्दै गएपछि राजधानी मनिलामा रहेको अन्तर्राष्ट्रिय विमानस्थललगायत सार्वजनिक यातायात पनि अवरुद्ध भएको बीबीसीले जनाएको छ ।