रामेछाप १७ मंसिर ।
मन्थली नगरपालिकाका नगर प्रमुखले स्थानिय सरकारको स्रोत र साधनले भ्याए सम्म अपाङ्ग व्यक्तिहरुको समस्या समाधान गर्ने प्रतिवद्धता गर्नु भएको छ । २८ औँ अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा रामेछापको मन्थलीमा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख बस्नेते यस्तो प्रतिवद्धता गर्नु भएको हो ।
मंगलबार मन्थली नगरपालिकलाको सभाहलमा भएको कार्यक्रममा नगरपालिका भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता रहेको थियो । अपाङ्ग सचेतना सेवा केन्द्र रामेछापका अध्यक्ष बद्री नयाँघरेको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेत , पत्रकार महासंघ रामेछापका उपाध्यक्ष कैलाश खत्री, महिला सचेतना मञ्च रामेछापकी अध्यक्ष गंगा कार्की , अपाङ्ग सचेतना सेवा केन्द्र रामेछापका कोषाध्यक्ष पुरुषोत्तम घिमिरे लगाएतले कार्यक्रममा बोलेका थिए ।
कार्यक्रममा सहभागिले अपाङ्गमैत्री संरचनाहरु नहँुदा समस्या भएको गुनासो गरेका थियो । कार्यक्रममा रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद भट्राई , जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक सन्तोष कुमार भट्राई , जिल्ला बार यसोसियसनका अध्यक्ष विचार सिं दोङ लगाएतको सहभागिता रहेको थियो ।