ताजा समाचार


राकाथुमका ७५ घरधुरीको लागि खानेपानीको ट्यांकि निर्माण सुरु

 नेपाल बाहक    १९ मंसिर २०७६, बिहीबार ०९:५९     703 जनाले पढ़िसके

रामेछाप १९ मंसिर ।
रामेछापको खाँडादेवी गाउँपालिका १ राकाथुममा नयाँ खानेपानी ट्याँकी निर्माण हुने भएको छ । राकाथुमको खानीगाउँमा व्यवस्थित रुपमा खानेपानी वितरण गर्ने उद्देश्यले ट्यांकि निर्माणको काम सुरु गरिएको हो ।
खानेपानी ट्याङ्कीको गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङले बिहिबार सिलान्यास गरेका छन् । नयाँ बन्ने ट्याकीमा १ लाख ६८ हजार लिटर पानी जम्मा हुने वडाअध्यक्ष विष्णुकुमार श्रेष्ठले जानकारी दिए ।
स्थानीय गोपी खोला मुहानबाट ल्याई पानी जम्मा गरिने सो ट्याकी गाउँपालिकाको यसै आर्थिक वर्षको बजेट २२ लाख रुपैयाँबाट बन्ने छ । करि २ किलोमिटर टाढा गोपीखोलाबाट ल्याएको पानी ट्यांकिमा जम्मा गरी ७५ घरधुरीलाई वितरण गरिने छ । यर अघि मुहानबाट सोझै गाउँमा लगिएको पानी अव्यस्थित भएकोले व्यवस्थित रुपमा एक घर एकधारा पानी पर्याउने गरी खानेपानी ट्यांकि निर्माण गर्न लागिएको वडाअध्यक्ष श्रेष्ठले जनाकारी दिए ।