१ हजार ५ सय ४६ किलोमिटर इक्वायर क्षेत्रफल र २ लाख २ हजार ५६ जनसंख्या रहेको रामेछाप जिल्ला पर्यटन व्यबसायकोे लागि राम्रो संम्भावना भएको जिल्ला हो । तर पर्यटन बिकासको लागि स्थानि सरकार , प्रदेश तथा संघिय सरकारबाट खासै पहल भएको देखिदैन । सिवालय पर्यटक सुचना केन्द्र तथा जाँच चौकीका अनुसार सन् २०१८ मा १५ सय १८ र सन् २०१९ कोहाल सम्म ६ सय ५ जना बाह्य पर्यटक रामेछापको गौरीशंकर आरक्षण क्षेत्रमा भित्रिएका छन्
रामेछाप जिल्ला धार्मिक संस्कृति तथा प्रकृतिक रुपले सम्पन्न जिल्ला भएको कारण रामेछापमा पर्यटन विकासको राम्रो सँभावना रहेको रामेछापकी प्रमुख जिल्ला अधिकारी लिला कुमार पाण्डे बताउनु हुन्छ । यहाँका पर्यटकिय स्थलको प्रचार प्रसार गर्नु पर्ने पाण्डेले बताउनु भयो । पर्यटन प्रबन्धको लागि राप्mटिङ तथा प्याराग्लाइडिङ जस्ता पर्यटकलाई मनोरञ्जन दिने खालेका संरचना बनाउनु पर्ने उनको भनाई छ । स्थानीय सरकारले पर्यटन प्रबन्र्धनको निम्ति रणनीतिक योजना बनाएर अघि बढ्नु पर्नेमा प्रमुख जिल्ला अधिकारी पाण्डेको जोड छ ।
पछिल्लो समय स्थानीय सरकारले पर्यटन क्षेत्रको विकासको लागि सबै स्थानीय तहले पर्यटकिय पूर्वधारमा जोड दिएका छन् । स्थानीय सरकारले पर्यटन विकासको निमित्त भ्यू टावर निमार्ण , पथ मार्ग निमार्ण जस्ता कार्यक्रम ल्याएका छन् ।
रामेछापको सदरमुकाम रहेको मन्थली नगरपालिकाले पर्यटन विकासको लागि अत्याधुनिक सभाहल सहित तीनलाल पार्कको निमार्ण गर्ने भएको छ । रामेछाप नगरपालिकाले पर्यटन विकासको लागि भालुखोपमा भ्यु टावर निमार्ण गर्ने भएको छ । नगरको गौरवको योजना पुष्पलाल कोलञ्जोरघाट सडकको निमार्ण गर्ने कार्यक्रम अघि सारेको छ । त्यस्तै गंगालाल र पुष्पलालको जन्मस्थल भंगेरीमा पुष्पलाल पार्क निर्माणको काम अघि बढेको छ ।
पर्यटन विकासको लागि खाडाँदेवी गाउँपालिकाले केवालकार निमार्णको पहल सुरु गरेको छ । पालिका भित्र रहेका धार्मिक , संस्कृतिक, मठ मन्दीर र ऐतिहासिक स्थलको पहिचान गरि गुरु योजना ल्याउने तयारी रहेको खाडादेवी गाउँ पालिकाका अध्यक्ष प्रेम बहादुर तमाङ जानकारी दिनु भयो । अध्यक्ष तमाङका अनुसार पर्यटन बिकासको लागि थामि, हायु , माझी र धोबि जातिको संस्कृतिक, धर्म, भेषभुषा , उनिहरुको प्रमुख चार्डवप र उनिहरुको जिबन शैलि झल्कने गरि संग्रहलय बनाउने योजना रहेको छ । खाडादेबि मन्दीरको गुरु योजना अनुसार ब्यबस्थीत गदै लैजाने योजना खाडादेबि गाउँपालिकाले बनाएको छ ।
रामेछाप जिल्ला पर्यटन बिकासको संभावन
रामेछाप जिल्ला पर्यटन व्यबसायकोे लागि अति उपयुत्त जिल्ला हो । रामेछाप जिल्ला राजधानि बाट ४ घन्टा भन्दा कम समयको दुरीमा रहेको छ । त्यति मात्रै नभएर रामेछाप प्रकृतिक , संस्कृतिक र ऐतिहासिक रुपले सम्पन्न जिल्ला हो । जिल्लमा प्रसिद्ध धामिृक स्थाल खाडाँदेबि मन्दीर , अग्लेश्वरी, शैलुङ्ख, जटा पोखरी र पाँचपोखरी अनि अन्य धेरै प्रकृति सम्पदा रहेका छन् । त्यसैले रामेछाप जिल्ला प्रकृतिक श्र्रोतले सम्पन्न जिल्ला हो ।
रामेछाप ऐतिहासिक जिल्ला पनि हो । ऐतिहासमा रामेछापले सहिद गंगालाल श्रेष्ठ, पुष्पलाल श्रेष्ठ र सहित्यका सहिदका कृष्ण लाल अधिकारीको जन्माएको थियो । श्रेष्ठ द्धय रामेछाप नगरपालिकाको भंगेरीमा जन्मनु भएको थियो भने अधिकारी मन्थली नगरपालिकाको कठजोरमा जन्मनु भएको हो । भने शसन्त्र द्धन्दको बेलामा भएको चर्चित हत्या काण्ड दोरम्बा हत्या काण्ड पनि रामेछाप जिल्लाको दोरम्बामा भएको थियो ।
रामेछाप जिल्ला प्रकृतिक र ऐतिहासिक जिल्ला संगै संस्कृति जिल्ला हो । रामेछापमा जिल्ला बहुजाति र बहुभाषिक भएको जिल्ला हो । अल्पसंख्यको रुप रहेका थामि र हायु जातको बसोबास पनि रामेछाप जिल्ला रहेको छ । रामेछाप जिल्ला क्षेत्र, ब्रमन्ण, तमाङ, सुनुवार, गुरुङ,शेर्पा तथा अन्य धेरै धर्म संस्कृति दलित तथा आदिबासी जनजातिहरु रहेका छन् ।
रामेछाप जिल्लामा पर्यटन बिकासका चुनौति
रामेछाप जिल्लामा पर्यटन बिकासको लागि जति सम्भावन रहेको छ चुनौति पनि त्यति नै रहेको छ । जिल्ला अहिले सम्म अन्तरीक तथा बाह्य पर्यटक लाभ्याउने खाले खासै संचरना बनेको छैन । भएका पर्यटकिय स्थलको समेत बिकास गर्न नसक्नुु नै रामेछापको पर्यटन बिकासको लागि चुनौति हो ।
रामेछापको पर्यटन बिकासको अर्को चुनौति भनेको भौगोलिक बिकटता हो । हिमाली जिल्लामा पर्ने रामेछापका सबै स्थानिय तहलाई सडक सन्जाल जोडे पनि १२ महिना यातयात सन्चालन गर्न कठिन रहेको छ । भने भएक सडक पनि प्रायः कच्चि तथा धुलो सडक रहेको छ ।
रामेछाप जिल्लामा प्रर्यटक भित्राउन के गर्नुु पर्ला ?
रामेछापमा पर्यटन बिकासको लागि स्थानिय सरकार र स्यानिहरुको भुमिका रहन आवश्यक छ । जिल्लामा पर्यटक स्थालमा पुर्वधारको बिकास गर्न र पर्यटकलाई अत्मीय सत्कार गरेर पर्यटक भित्राउनु पर्दछ । जिल्ला आएको पर्यटका लाई हाम्रो बिभिन्न जातिको झाकि देखिएर , जिल्लामै बनेको स्थानिय परिकार जुनारको जुस , चौरीको छुर्पि जस्ता घरेलु खाद्य बस्तु चखाएर पनि पर्यटक भित्राउन सकिन्छ ।
जिल्लामा पर्यटन बिकासको लागि स्थानिय सरकारले प्रयाप्त मात्रमा बटेज बिनियोजन गरि पर्यटक पूवधारको बिकास गर्न आवश्यकता छ । भने भियु टावरको निमार्ण , पर्यटकिय पथमार्ग निमार्ण गर्न आवश्यकता छ ।