ताजा समाचार


पछिल्लो तीन वर्षमा रामेछापका झण्डै १५ हजार युवा बैदेशिक रोगजारमा

 नेपाल बाहक    २२ मंसिर २०७६, आईतवार ०८:३३     582 जनाले पढ़िसके

रामेछाप, २२ मंसिर ।
रामेछापबाट तीन वर्षको बिचमा झण्डै १५ हजार युवाहरु वैदेशिक रोजगारीको लागि विदेश पुगेका छन् । वैदेशीक रोजगार विभागको तथ्याङले सो कुरा देखाएको हो ।
नेपाल सरकारले बिभिन्न १ सय १० देशमा बैदेशिक रोजगारको लागि नेपालीलाई अनुमति दिएको छ । नेपालको एक मात्र अन्तराष्ट्रीयय बिमानस्थल त्रिभुवन बिमान स्थलबाट दैनिक १ हजार जान युवा बाहिरिने गरेका छन्। बैदेशिक रोजगार बिभागका अनुसार हालसम्म ५० लाख भन्दा बढि युवा बैदेशिक रोजगारीको लागि बिभिन्न देशमा गएका छन् । जस बाट बार्षिक ६ दशमलव ५ अर्ब रेमिटान्स नेपाल भित्रिने गरेको छ ।
बैदेशिक रोजगार बिभागको तथ्याङ अनुसार आर्थिक बर्ष ०७३\७४ देखि ०७५\७६ अर्थात तिन आर्थिकक बर्षमा मात्र रामेछापबाट १४ हजार ८ सय २३ युवा बैदेशिक रोजगारको लागि बिभिन्न देशमा गएका छन् । जसमा १२ हजार ४ सय ३३ पुरुष र २ हजार ३ सय ९० महिला रहेका छन् ।
जिल्ला प्रशासन कार्यलय रामेछापका अनुसार सो कार्यालयमा दैनिक २५ देखि ३० जनाले पासपोर्ट बनाउनको लागि निबेदन दिने गर्द छन् । गएको आर्थिक बर्षमा १ हजार ६ सय ९४ महिला र ३ हजार ४ सय ८२ पुरुषले रामेछापबाट राहदानि बनाएका थिए।