ताजा समाचार


रामेछापमा ट्क्याटर दुर्घटना हुदाँ ४ घाइते, २ गम्भिर

 नेपाल बाहक    २२ मंसिर २०७६, आईतवार १२:५४     954 जनाले पढ़िसके

रामेछाप २२ मंसिर ।
रामेछापको रामेछाप नगरपालिका ८ बबियाखर्कमा ट्क्याटर दुर्घटनामा परि ४ जना घाइते भएका छन् । आइबार रामेछाप बजारबाट मन्थली आउदै गरेको भे १ त ३११२ नम्बर को ट्क्याटर दुर्घटना हुदाँ उनीहरु घाइते भएका हुन् ।
धाइते हुनेमा मन्थली नगरपालिका १ का बल बहादुर श्रेष्ठ, दोरम्बा गाउँपालिका ७ का टंकनाथ गौतम, लिखुतामाकोसी गाउँपालिका ७ का तोरण श्रेष्ठ र महोत्तरी जिल्लाका कल्याण चौधरी रहेका छन् । घाइते मध्ये गम्भिर घाइते भएका गौतमलाई धुलिखेल अस्पताल र श्रेष्ठलाई बि एण्ड बि अस्पतालमा पठाइएको छ अन्य २ जनाको मन्थली स्थित तामाकोसी अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाको कसरी भयो भन्ने बारेमा अनुसन्धान भइरहेको रामेछाप प्रहरीले जनाएको छ । ट्क्याटर चालकलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यलय रामेछापका प्रहरी निरिक्षक रबिभुषण यादवले जानकारी दिए ।