ताजा समाचार


खाँडादेवीमा सामुदायीक मेलमिलाप सम्बन्धि सचेतना कार्यक्रम

 नेपाल बाहक    २३ मंसिर २०७६, सोमबार १३:२३     393 जनाले पढ़िसके

रामेछाप २३ मंसिर ।
रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुममा सामुदायीक मेलमिलाप सम्बन्धि सचेतना कार्यक्रम तथा लैंगिक हिँसा विरुद्धको सचेतना कार्यक्रम सोमबार सम्पन्न भएको छ । न्यायिक समिति खाँडादेवीसँगको समन्वयमा खाडाँडादेवी गाउँपालिका र वडा स्तरीय मेलमिला केन्द्रको अयोजनामा सो कार्यक्रम भएको हो ।
सामुदायीक मेलमिलाप केन्द्रका संयोज एवं वडा सदस्य चण्डिकालाल मोक्ताको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष मखमली श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा कार्यक्रम आयोजनाको उद्देश्यको बारेमा वडाअध्यक्ष विष्णुकुमार श्रेष्ठले जानकारी गराएका थिए । उनले सामुदायीक मेलमिलाप र हिँसा विरुद्धको अभियानका बारेमा समुदायका सचेत नागरिकलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बाताए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मखमली श्रेष्ठले न्यायिक समिति मार्फत निरुप गरिने विवाद तथा मेलमिलाबाट समाधान गरिने बिवादको बारेमा जानकारी गराएकी थिइन् ।
कार्यक्रममा बोल्दै नेकपाका नेता एवं पूर्व गाविस अध्यक्ष शम्भुकुमार लामा तथा नेपाली काँग्रेसका नेता लोकराज घिसिङले यस्ता सचेतनाका कार्यक्रमले समाजलाई सचेत बनाई समाजलाई अघि बढ्न सहयोग पुग्ने बताए ।
कार्यक्रमको सहजिकरण अधिकारकर्मी नवराज पथिकले गरेका थिए । कार्यक्रममा खाँडादेवी गाउँपालिकाकी कानुनी सहजकर्ता पवित्रा मानन्धरले मेलमिलाप र यसको महत्वको बारेमा जानकारी गराएकी थिइन् ।