ताजा समाचार


सेनाको गाडिले ठक्कर दिदाँ रामेछापको भंगेरीमा एक जानको ज्यान गयो

 नेपाल बाहक    २४ मंसिर २०७६, मंगलवार ०७:१५     692 जनाले पढ़िसके


रामेछाप, २४ मंसिर
सेनाको गाडिले ठक्कर दिदाँ रामेछापको भंगेरीमा एक जान बिद्यार्थि ज्यान गएको छ । मंगलबार बिहान रामेछाप बजार बाट मन्थली जादै गरेको नयाँ गोरखदल गण रामेछापको ना १ झ १०७० नम्बरको जिपले बा ३९ प ३९४८ नम्बरको मोटरसाईकललाई ठक्कर दिदाँ बाइकमा सवार वर्ष १४ का सुनिल घिसिङ्गको मृत्यु भएको छ । भने १४ बर्षकै रामकृष्ण शाहि घाईते भएका हुन् ।
मृतको घिसिङ्गको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल रामेछापमा राखिएको छ । उनिहरु दुर्व जना कक्षा ८ मा श्री मावि भंगेरीमा अध्यनतर विद्यार्थी रहको रामेछाप प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यलय रामेछापका प्रवक्ता रविभुषण यादवका अनुसार मोटरसाकल तिव्र गतिका कारण दुर्घटना भएको हो । मोटरसाईकल चालक भर्खरै मोटरसाईकल चलाउन सिक्दै गरेका थिए । उनले हेलमेट पनि नलगाएको कारण उनको ज्यान गएको प्रहरी प्रवक्ता यादवले बताउनुभयो ।