रामेछाप ।मंसिर २४ गते
मानव अधिकार संरक्षणमा सबैको साझा प्रतिवद्धता आवश्यक रहेको रामेछापका सरोकारवालाहरुले बताएका छन् । लैगिक हिँसा विरुद्धको १६ दिने अभियानको समापन तथा भ्रष्टाचार विरुद्धको दिवस र अन्तराष्ट्रिय मानवअधिकार दिवसको अवसरमा मंगलबार मन्थलीमा आयोजित रामेछाको मानव अधिकार अवस्थाको समिक्षा कार्यक्रमका सहभागिले सो कुरा बताएका हुन् ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काले सबैकुरा शिष्टममा नचलेसम्म मानवअधिकार उल्लङ्घनका घटना नरोकिने बताए ।
मन्थली नगरपालिकासँगको समन्वय र तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, मानवअधिका सचेतन तथा विकास केन्द्र ९हुराडेक० नेपाल दोलखा र मानवअधिकार संरक्षण सञ्जाल रामेछापले अयोजना गरेको सो कार्यक्रममा बोल्दै मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले सबैले अरुको मानवअधिकारको सम्मान गरे मानवअधिकार संरक्षण हुने बताए । उनले मानिहरुको सुखभोग गर्ने लालसा रहेसम्म भ्रष्टाचार रोक्न नसकिने बताए ।
कार्यक्रमाम इन्सेकले मानवअधिकार वर्ष पुस्तक २०२० का लागि यस वर्ष २२ वटा घटना संकलन गरेको जानकारी दिइएको थियो । यसै गरी यस वर्ष जिल्ला प्रहरी कार्यालय रामेछापमा विभिन्न ३० वटा घटनाहरु दर्ता भएको प्रतिवेदन कार्यक्रममा प्रहरीले प्रस्तुत गरेको थियो । ती मध्ये ९ वटा घटनाहरु फर्द्दौट भई सकेको र बाँकि प्रक्रिमा रहेको प्रहरी निरिक्षक रविभुषण यादवले जानकारी दिए । त्यस्तै मन्थली नगरपालिकाको न्यायिक समितिमा यस वर्ष १४ वटा घटना दर्ता भएको कानुन अधिकृत सुदर्शन रायले जानकारी दिए ।
कार्यक्रमाम सहयाक प्रमुख जिल्ला अधिकारी भास्कर दाहाल, मन्थली नगरपालिका उपप्रमुख मायाँ कार्की, नेकपाका नेता प्रकाश कार्की, नेपाली काँग्रेसका कोषाध्यक्ष कुमार श्रेष्ठ लगातले समग्र जिल्लको मानअधिकार अवस्थाको बारे बोल्दै यसलाई सुधार गर्न सबै क्षेत्र लाग्नु पर्नेमा जोड दिएका थिए ।