ताजा समाचार


गाउँमा नै रोजगारी सिर्जना हुन्छ : मन्त्री ढुंगेल

 नेपाल बाहक    २७ मंसिर २०७६, शुक्रबार १३:०७     556 जनाले पढ़िसके

रामेछाप २७ मंसिर ।
प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुँगेलले प्रदेश सरकारले एक पालिका एक उद्योगको अवधारणा ल्याएको कारण अब गाउँमानै रोजगारी सिर्जना हुने बताएका छन् । मन्त्री ढुगेलले विकास सपेक्षतामा हुने समेत बताएका छन् । विकासले एकैपटक फड्को नमार्ने बताउँदे उनले हिजोको अवस्थाबाट सुधार आउनु विकास भएको बताए ।
रामेछापको खाँडादेवी गाँउँपालिकालाई एम्बुलेन्स तथा सुरक्षित प्रसुती सेवा भवन हस्तान्तरण गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढुँगेलले विकासको लागि धेरै काम गर्न बाँकि रहेको बताए । उनले विकासको लागि एकखालको नक्सा भने तयार भएको बताए ।
फरक प्रसंगमा उनले मानिस भुगोलले सानो ठूलो नहुने बताए । मान्छेले आत्माबलले सबै कुरा जित्न सक्ने उनको भनाई थियो । अनुशासित भएर अघि बढे नेपालमा धेरै गर्न सकिने उनको धारणा थियो । प्रदेश सरकारले एक पालिका एक उद्योगको अवधारणा ल्याएको बताउँदै उनले अब गाउँमानै रोजगारी सिर्जना हुने बताए ।
अमेरिकियर्सको आर्थिक सहयोग तथा चुडरेप रामेछापको साझेदारीमा खाँडादेवी गाउँपालिका–६ माकादुममा निर्माण भएको प्रसुती केन्द्रको भवन तथा गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गर्दै उनले यसले गाउँको स्वास्थ्य क्षेत्रको सधारमा थप सहयोग पुग्ने बताए ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काले भवन र एम्बुलेन्सले गुणस्तरीय स्वासथ्य सेवा प्रवाहमा सहयोग पुगेको बताए । गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङले देखिने भौतिक सहयोगका साथै स्वास्थ्य क्षेत्रको विकासमा यो अवधिमा निक्कै प्रगति भएको बताए ।
अमेरिकियर्सकी एसिया प्यासिफिक निर्देशक जोन लिटलफिडले ग्रामिण भेगको स्वास्थ्य क्षेत्रमा सहयोग गर्न पाएको भन्दै खुसी व्यक्त गरिन् । जिल्ला अस्पताल रामेछापका अध्यक्ष रोशन पाख्रिनले योजनाबद्ध रुपमा काम गरे स्वास्थ्य क्षेत्रमा धेरै सुधार गर्न सकिने बताए । गाउँपालिका उपाध्यक्ष मखमली श्रेष्ठले गर्भवती र सुत्केरी आमा बचाउन यसले निक्कै सहयोग गर्ने बताइन् । अमेरिकियर्सका नेपाल निर्देशक दीपक सापकोटाले नेपालमा स्वास्थ्य क्षेत्रमा धेरै सुधार भए पनि अझै पनि मातृशिसु स्वास्थ्यमा भने आशातित सुधार हुन नसकेको बताए ।