ताजा समाचार


रामेछाप जिल्लामा पर्यटनको सम्भावना र चुनौतीका बारेमा छलफल

 नेपाल बाहक    १ पुष २०७६, मंगलवार १३:२५     779 जनाले पढ़िसके

रामेछाप १ पौष ।
रामेछाप जिल्लामा पर्यटनको सम्भावना र चुनौतीका बारेमा छलफल भएको छ । नेपाल भ्रमण भर्ष २०२० लाई लक्षित गरी रामेछाप जिल्लामा सरोकारवला संग छलफल भएको हो । पर्यटन विकास आयोजना प्रदेश नं ३ को आयोजना र नेपाल पत्रकार महासंघ प्रदेश नं ३ को समन्वयमा मंगलबार मन्थलीमा छलफल भएको हो । पत्रकार महासंघ प्रदेश नं ३ का उपाध्यक्ष यदुथान गौतमको अध्यक्षता र जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
भ्रमण बर्ष २०२० लाई लक्षित गरी प्रदेश नं ३ का विभिन्न जिल्लाका हिमाली क्षेत्रका पर्यटकीय गन्तव्यमा सञ्चारकर्मीहरुको अवोलोकन भ्रमण कार्यक्रम बनाई मन्थली आएका पत्रकारहरुको टोलीले रामेछापमा पर्यटनको सम्भावना ,चुनौती र वर्तमान अवस्थाका बारेमा छलफल गरेको हो । कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्का, मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेत , नेकपा रामेछापका नेता आनन्द श्रेष्ठ , नेपाली कांग्रेस रामेछापका सचिव लेख बहादुर कार्की लगाएतले रामेछाप जिल्ला पर्यटन प्रवद्र्धनको ठुलो सम्भावना बोकेको जिल्ला भएको बताए ।
उनीहरुले जिल्लाको शैलुङ,पाँच पोखरी , ठोसे फलाम खानी , खाँडादेवी मन्दिर , थानापति बैरा महादेव , दोरम्बाको अग्लेश्वरी डाँडाँ लगाएतका ठाउँहरुको पर्यटन प्रवद्र्धन गर्नका लागि महत्वपुर्ण पर्यटकिय स्थल रहेकाले यसको प्रत्यक्ष अवलोकन गरी आवश्यक प्रचार प्रसार गर्न पत्रकारहरुसंग आग्रह गरे । कार्यक्रममा सहभागिहरुले रामेछाप जिल्लामा पर्यटनको सम्भावना भएको स्थानहरुको यथार्थता पहिचान गरी प्रचार प्रसार गर्नुपर्ने सुझाव दिएका थिए । उनीहरुले २ नगरपालिका र ६ वटा गाउँपालिकाले पनि आफ्नो पालिकाभित्रका पर्यटकिय स्थलहरुको पहिचान गरी प्रचार प्रसार र प्रद्र्धनका लागि काम गरिरहेकाले यसलाई अध्ययन गरी प्रदेश सरकारले पनि प्रभावकारी कार्यक्रम संचालन गर्नुपर्ने बताएका थिए । सरकारले सन् २०२० लाई भ्रमण बर्षको घोषणा गरी नेपालमा २० लाख पर्यटन भित्र्याउँने योजनाका साथ काम गरिरहेको छ ।