दोलखा २ पौष ।
दोलखा जिल्लाको शैलुंग गाउँपालिका ४ मागापौवा बस्ने सुस्तमनस्थिति किशोरी यौन हिंसाको शिकार भएकि छन् । १५ बर्षकि किसोरीलाई सोहि स्थानका ४० वर्षीय भीमसेन भुजेलले यौन शोषण गरेका हुन् । किसोसी गर्भवति भएपछि घटना सर्वजनिक भएको हो । पिडित वालिकाको आफन्तजनले किटानी जाहेरी दिएपछि भुजेललाई प्रहरीले पक्राउ गरि अदालत बुझाइएको दोलखा प्रहरीले जनाएको छ ।
अदालतको आदेश अनुसार उनी कारागार चलान भएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक रेवती रमण पोखरेलले जानकारी दिए ।