ताजा समाचार


रामेछापमा भ्रष्टचार बढ्दै गएको गुनासो

 नेपाल बाहक    ३ पुष २०७६, बिहीबार १३:१३     617 जनाले पढ़िसके

रामेछाप,३ पौष ।
रामेछाप जिल्लामा भ्रष्टाचार बढ्दै गएको गुनासो बढेको छ । जिल्लाका सर्वसाधारण, नागरिक समाजका अगुवा, पत्रकार र राजैतिक दलका प्रतिनिधिहरुले नै जिल्लाका सबै क्षेत्रमा भ्रष्टचार बढ्दै गएको गुनासो गर्न थालेका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको पारस्परिक जवाफ देहिता परियोजनाले मानवअधिकार संरक्षण सञ्जाल रामेछापसँगको समन्वयमा विहबिार सदरमुकाम मन्थलीमा आयोजना गरेको विकासका लागि नागरिक समाज र सञ्चार जगत बिषयक अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले यस्तो गुनासो गरेका हुन् ।
कार्यक्रममा नेकपा रामेछापका नेता आनन्द श्रेष्ठले मुलुकमा बढ्दो भ्रष्टचार रोक्नका लागि अहिलेको विकासमा तरिकामा नै परिवर्तन गर्नुपर्ने बताए । उनले अहिले स्थानीय स्तरमा हुने विकास निर्माणका काममा कमाउने मनसायले उपभोक्ता समितिमा बस्न तँछाड मँछाड गर्ने प्रचलन बढेकाले यसलाई कम गर्नका लागि विकासको मोडलमा नै परिवर्तन गर्न आवश्यक रहेको बताए । आवश्यकताको पहिचान विना बजेट विनियोजन गर्ने प्रचलनका कारण पनि रामेछापमा भ्रष्टचार हुने गरेको नेता श्रेष्ठको भनाई छ ।
नेपाली कांग्रेसका सचिव लेख बहादुर कार्कीले पदको स्वादमा भुल्दा निर्वा्चित जनप्रतिनिहरुले अहिले आफु निर्वा्चित पार्टीलाई समेत भुल्दै गएको बताए । जिल्लाको विकास निर्माण लगाएतका काममा अनियमितता बढ्दो रुपमा रहेको बताउँदै सचिव कार्कीले अब राजनैतिक दलले उम्मेदवारको बिषयगत योग्यता हेरेर मात्रै टिकट दिनुपर्ने बताए । अहिलेको कार्यसैली हेदौ निर्वा्चित जनप्रतिनिधिहरु दिनदिनै असफ हुदै गएकाले यसले मुलुकको अहिलेको प्रणलीलाइनै असफल बनाउँने खतरा रहेकाले सबै सहजग हुन आवश्यक रहेको उनले बताए ।
कार्यक्रममा गैर सरकारी संस्था महासंघ रामेछापका उपाध्यक्ष रत्न प्रसाद कडेंल , पत्रकार महासंघ रामेछापका सचिव नवराज श्रेष्ठले अहिलेका जनप्रतिनिधिहरु कसरी कमाउन सकिन्छ भन्नेमा लागेको सर्वसाधारणको गुनासो रहेको बताए । सहभागिहरुले यस्ता विषय पत्रकार र नागरिक समाजले उठाउनु पर्ने बताए ।
मानवअधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक पाण्डव प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा सहभागिहरुले निर्वा्चित हुँदा आर्थिक अवस्था सामान्य भएका जनप्रतिनिधिहरुले अहिले काठमाडौँमा घर किन्ने हैसियत बनाएको बताए । यो हैसियत कसरी बन्यो भन्ने बारेमा पत्रकार र नागरिक समाजले खोज्नु पर्ने उनीहरुको भनाई थियो ।