ताजा समाचार


रामेछापको नवजागरण साकोस यस वर्षको प्रदेश नं ३ को उत्कृष्ट सहकारी

 नेपाल बाहक    ४ पुष २०७६, शुक्रबार १३:२२     705 जनाले पढ़िसके


रामेछाप ४ पौष ।
रामेछापको नवजागरण बचत तथा ऋण सहकारी संस्था यस वर्षको प्रदेशनं ३ को उत्कृष्ट सहकारी संस्था भएको छ । केन्द्रिय बचत तथा ऋण सहकारी संघको ३२ औ स्थापना दिवको अवसमा सो संस्थालाई उत्कृष्ट संस्थाको रुपमा सम्मानित गरिएको हो । कुल ६ हजार भन्दा बढी सदस्य र ४० करोडको पूँजी भएको सो संस्थाले केन्द्रिय सहकारी संघद्वारा विकास गएिको नेपाल स्तरको गुणस्तर मापदण्ड प्रोवेशन ब्रान्ड समेत प्राप्त गरेको छ । संघले विकास गरिएको राष्ट्रिय स्तरको प्रोवेशन कार्यक्रमको नेपालका २०० वटा भन्दा बढी सहकारी संस्था सहभागि रहेकोमा आर्थिक वर्ष २०७६।०७७ मा छनौट भयका ३४ वटा सहकारी मध्य नवजागरण उत्कृष्ट १० मा प्रोवेशन ब्राण्ड प्राप्त गर्न सफल भएको सहकारीका अध्यक्ष श्याम थापाले जानकारी दिए । सम्मानपत्र संस्थाका अध्यक्ष थापालाई ३२ औ स्थापना दिवसको अवसमा आयोजना गरिएको कार्यक्रममा प्रदान गरिएको थियो ।