ताजा समाचार


अफगानिस्तानको हिन्दुकुश क्षेत्र केन्द्रबिन्दु ६.३ रेक्टर भूकम्प

 नेपाल बाहक    ४ पुष २०७६, शुक्रबार १३:४२     218 जनाले पढ़िसके

एजेन्सी । शुक्रवार साँझ हिन्दूकुश क्षेत्रमा केन्द्रबिन्दू भएको एक शक्तिशाली भूकम्प गएको छ । पाकिस्तानको लाहोर, इस्लामाबाद, पेशावर, मर्री, मनसेहरा, बट्टग्राम,चिनिओट र गिलगिट(बाल्टिस्तानमा भूकम्पको धक्का महसुसु गरिएको डनन्यूजटिभिलाई उल्लेख गर्दै पाकिस्तानको डन समाचारपत्रले उल्लेख गरेको छ । भूकम्प गएपछि अत्तालिएका मानिसहरू आआफ्नो घर बाहिर जम्मा भैरहेका बताइएको छ।

इस्लामाबादमा संसदको बैठक चलिरहेका अवस्थामा भूकम्प गएकाले सांसदहरू संसद भवन खाली गरेर बाहिरिएका बताइएको छ।