ताजा समाचार


सिन्धुलिगढिमा पृथ्वीनारायण शाहको शालिक राखिने

 नेपाल बाहक    ६ पुष २०७६, आईतवार १२:५३     405 जनाले पढ़िसके

रामेछाप, ६ पौष ।
सिन्धुलीगढीमा पृथ्वीनारायण शाहको शालिक राखिने भएको छ । विसं १८२४ मा त्यस स्थानमा गोरखाली सेनाले युद्ध गरी अङ्ग्रेज सेनाका किन लक नेतृत्वको दुई हजार ४०० सैनिकमध्ये एक हजार ६०० सैनिकलाई मारेकोे इतिहास छ । करीब दुई हजार ५०० मिटर अग्लो उक्त स्थानबाट गोरखाली सेनाले स्थानीयवासीको सहयोगमा सोही वर्ष असोज १५ गते विजय प्राप्त गरेको थियो ।

कमलामाई नगरपालिका प्रमुख खड्गबहादुर खत्रीले नेपाललाई एकीकृत र विशाल स्वतन्त्र देश बनाउनका लागि त्यहाँ भएको युद्ध महत्वपूर्ण रहेकाले त्यस स्थानलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न गृहकार्य भइरहेको जानकारी दिनुभयो । नेपाल पत्रकार महासङ्घ सिन्धुलीका सचिव विदुर पौडेलले यही पुस २७ गते पृथ्वीजयन्तीका अवसरमा शालिक अनावरण गरिने जानकारी दिनुभयो ।

प्रदेश नं ३ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले भ्रमण वर्षलाई लक्ष्य गरी पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि गत मंसिर ३० देखि आजसम्म त्यस प्रदेशअन्तर्गतका पहाडी तथा हिमाली क्षेत्रका पर्यटकीय गन्तव्यमा सञ्चारकर्मीको अवलोकन भ्रमण गराएको छ । उक्त टोलीले दोलखा, रामेछाप र सिन्धुलीका विभिन्न पर्यटकीयस्थलको भ्रमण गरेको छ । मन्त्रालयले पर्यटन क्षेत्रको विकासका लागि चालु आवमा रु एक अर्ब ६५ करोड विनियोजन गरेको भ्रमण कार्यक्रमका संयोजक ताराप्रसाद शिवाकोटीले जानकारी दिनुभयो ।