रामेछाप । पुस ६ गते
रामेछापको खाँडादेवी गाउँपालिका– ६ माकादुम स्थित वुद्धभवानी माविले विद्यालयका चन्दाताहरुलाई सम्मानित गरेको छ । विद्यालयले एक कार्यक्रमको आयोजना गरि जग्गादाता तथा जग्गा खरिद र १२ कक्षा सञ्चालनको लागि आर्थिक सहयोग गर्ने चन्दादाताहरुलाई सम्मानित गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजबहादुर बोहोराको अध्यक्षतामा भएको कार्यक्रममा चन्दादाताहरुलाई दोसल्ला तथा प्रमाणपत्र प्रदान गरि सम्मानित गरिएको विद्यालयका प्रधानाध्यपक रामचन्द्र खत्रीले जनाकारी दिए । चन्दाताताहरुलाई गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङ तथा उपाध्यक्ष मखमली श्रेष्ठले सम्मानित गरेका थिए ।
कार्यक्रममा बोल्दै वडाअध्यक्ष पुष्कर कार्कीले दाताहरुहरुले दिएको सहयोगको उचित सदुपयोग गर्न अभिभावक, शिक्षक तथा विद्यार्थीहरु लाग्नु पर्ने बताए । अभिभावक विद्यालयको गतिविधिमा सहभागि नभएसम्म विद्यालयको शिक्षाको गुणस्तर खोज्न नसकिने उनले बताए ।
२०१६ सालमा स्थापना भएको सो विद्यालयले यस वर्षबाट मानविकि र शिक्षा विषयमा दश जोड २ को पठनपाठन सुरु गरेको छ ।