रामेछाप । रामेछाप नगरपलिकाले घुम्ति शिविर मार्फत ९ वटै वडामा अपाङ्ग परिचयपत्र वितरण गर्ने भएको छ । पालिकाको विभिन्न वडामा रहेका अपाङगता भएर पनि परिचय पत्र प्राप्त गर्न नसकेका , अपाङगता परिचय पत्र भएर पनि नविकरण नगरेका व्यक्तिहरुलाई सहयोग पुग्ने रामेछाप नगरपालिकाले जनाएको छ ।
आगमि पौष १३ गते देखि २२ गते सम्म शिबिर सन्चालन गरिने छ । घुम्ती शिविरमा अपाङगता भएका व्यक्तिहरुले आफनो वडाले प्रदान गरेको सिफारीस , नागरीकताको प्रमाण पत्रको प्रतिलिपी , नाबालकको हकमा जन्मदर्ताको प्रतिलिपी र अपाङगता भएका व्यक्तिको ३ प्रति फोटो सहित घुम्ती शिविरमा सहभागी हुन नगरपालिकाले आग्रह गरेको छ । साथै नगरपालिकाले घुम्ती शिविरकै दिन प्रत्येक वडामा जेष्ठ नागरीक परिचय पत्र समेत वितरण गर्ने बताएको छ ।