ताजा समाचार


मन्थली नगर स्तरीय मानव अधिकार संरक्षण सन्जाल गठन

 नेपाल बाहक    ९ पुष २०७६, बुधबार ११:४६     534 जनाले पढ़िसके


रामेछाप । बाबुकाजि दाहालको संयोजकत्वमा मन्थली नगरपालिका स्तरीय मानव अधिकार संरक्षण सन्जाल गठन गरिएको छ । बुधवार रामेछाप बारमा अध्यक्ष बिचारसिङ तमाङ्गको अध्यक्षतामा बसेको बैठकले दाहालको संयोजकत्वमा ११ सदस्या मन्थली नगरपालिका स्तरीय मानब अधिकार संरक्षण सन्जाल गठन गरेको हो । सञ्जालका सदस्यहरुमा नवराज श्रेष्ठ, खड्गबहादुर आले मगर, इश्वरी श्रेष्ठ, गम्भिर विक, शान्ता श्रेष्ठ, शंकर बरुवाल, अञ्जु अधिकारी, सोविता न्यौपाने, सावित्री श्रेष्ठ र पार्वती पाठक रहेका छन् ।