ताजा समाचार


भंगेरीमा अन्तराष्ट्रिय स्तरको संग्राहलय बनाउने प्रदेश नं ३ का आर्थिक मामिला मन्त्री ढुँगेलको भनाई

 नेपाल बाहक    ९ पुष २०७६, बुधबार २२:१६     536 जनाले पढ़िसके


रामेछाप । प्रदेश नं ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाशसप्रसाद ढँुगेलले रामेछापको भंगेरीमा अन्तराष्ट्रिय स्तरको संग्रहालय निर्माण हुने बताएका छन् । सहिद गंगालाल श्रेष्ठ र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव स्वर्गिय पुष्पलाल श्रेष्ठको जन्मथलो भंगेरीमा सो संग्राहलय बनाउने काम सुरु भएको उनले बताए । नेकपा रामेछाप नगर तथा वडा कमिटिका पदाधिकारीहरुलाई सफत खुवाउन भंगेरीमा नेकपा रामेछाप नगर कमिटिले अयोजना गरेको कार्यक्रममा बोल्दै ढुँगेले भंगेरीमा जग्गा अधिग्रहण गरि पुर्वाधार निर्माणको काम अघि बढिसकेको जानकारी दिए । संग्रहालयमा गंगालाल र पुष्पलासँग सम्बन्धित सामाग्रि र कम्युनिष्ट पार्टीसँग सम्बन्धि सामाग्रिहरु राखिने उनले बताए । उनले भंगेरीलाई राजनीतिक पर्यटकिय स्थलको रुपमा विकास गर्ने गरी काम भईरहेको बताए ।
कार्यक्रममा नेकपा रामेछापका इञ्चार्ज एवं केन्द्रिय सदस्य देवशंकर पौडेलले अब लरवर गरेर पार्टी नचल्ने बताए । उनले कार्यकर्तालाई प्रतिद्ध भएर संगठन निर्माणमा लाग्न आग्रह गरे । कार्यक्रममा नेकपा केन्द्रिय सदस्य एवं संघिय सांसद श्यामकुमार श्रेष्ठ, सभाषद तारानारायण श्रेष्ठ, जिल्ला अध्यक्ष मैनकुमार मोक्तान, जिल्ला सचिव एवं प्रदेश सांसद शान्तिप्रसाद पौडेल लगायतले बोलेका थिए । उनीहरुले अब विगतलाई विर्सिएर एकढिक्का भई अघि बढ्न कार्यकर्ताहरुलाई आग्रह गरे ।