रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिकमा नगर स्तरी युवा सन्जाल गठन भएको छ । वातावरण संरक्षण परियोजना रामेछापले पुस्कर भट्रार्र्ईको अध्यक्षतामा मन्थली नगरपालिका स्तरीय युवा सञ्जाल गठन गरेको हो । युवाहरुको सक्रिय सहभागितामा वातावरण संरक्षणका लागि विभिन्न कार्यक्रम संचालन गर्ने उद्देश्यले विहिबार पुष्कर भट्राईको नेतृत्वमा १३ सदस्यि वातावरण संरक्षण युवा सञ्जाल गठन गरेको हो । गठित सञ्जालको उपाध्यक्षमा जयराम मानन्धर , सचिवमा गंगा खत्री , सहसचिवमा जयमान तामाङ र कोषाध्यक्षमा यम बहादुर भुजेल रहेका छन् । नवगठित सञ्जालले वातावरण परियोजना , स्थानीय सरकार लगाएत सरोकारवाला निकायसंग आवश्यक समन्वय गरी वातावरण संरक्षणका लागि विभिन्न गतिविधिहरु सचालन गर्ने सञ्जालका अध्यक्ष पुष्कर भट्राइले जानकारी दिए ।