ताजा समाचार

भुकम्पको ४ बर्ष : रामेछापमा ७६ प्रतिशत घर बने 

 नेपाल बाहक    १३ पुष २०७६, आईतवार ०४:३९     384 जनाले पढ़िसके

रामेछाप । नेपालमा महाबिनासकारी भुकम्प गएको ४ बर्ष पुरा भएको छ । नेपालमा २०७२ साल बैशाक १२ गते गोरखा जिल्लाको बारपाक लाई केन्द्र बिन्दु बनाएर ७.८ रेक्टर को भुकम्प गएको थियो । जस बाट नेपालका भौतिक तथा ऐतिकासिका संरचनामा क्ष्यति पुग्नुका साथै ८ हजार ४ सय ८६ जानले ज्यान गुमाएको थिए ।
सो भुकम्पको कारण रामेछाप जिल्लामा पनि प्रभाव परेको थियो । भुकम्पका कारण रामेछापमा ४८ हजार ९ सय ३१ घर पूर्णरुपमा क्ष्यति भएको थियो । हला सम्मा रामेछाप जिल्लामा ७६ प्रतिशत घर बनेका छन् । राष्ट्रिय पुनर्निर्माणको ७६ प्रतिशत निजि घर सम्पन्न भएको छ जम्मा ४ लाख ८९ हजार ३९ घर बन्न पर्नेमा ३५ हजार ७ सय ७६ निजि आवास पुननिर्माण भएको बताएका छन् ।
शनिबार रामेछापको सदरमुकाम मन्थलीमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला सहजिकरण समिति रामेछापले पुनर्निर्माणको चार बर्षे प्रगती सार्वजनिक कार्यक्रममा उतm कुरा सार्वजनीक गरेको हो ।
जिल्लाको निजि आवास पुननिर्माणका लागि १४ अर्व ६८ करोड १७ लाख बजेटमा हालसम्म १२ अर्व ८८ करोड ८९ लाख रुपैयाँ बजेट खर्च भएको ईन्जिनियर किशोर विक्रम शाहिको भनाई छ । कार्यक्रममा सहभागी हरुले रामेछापमा पुनर्निर्माणको काम प्रभावकारी रुपमा नभएको गुनासो गरेका छन् ।