ताजा समाचार


मानव निर्मित संरचना वातवरण मैत्रि हुनुपर्नेमा सांसद पौडेलको जोड

 नेपाल बाहक    १३ पुष २०७६, आईतवार १२:३५     541 जनाले पढ़िसके

रामेछाप । मानव द्धरा निर्मित संरचनाहरु वातवरण मैत्रि हुनुपर्नेमा प्रदेश न. ३ का सांसद शान्ति प्रसात पौडेलको जोड दिनु भएको छ । शनिबार रामेछापको मन्थलीमा वातावरणिय समस्या न्युनिकरणमा सन्चार माध्यमको भुमिका बिषयक दुई दिने तालिमको समापन गदै उहाँले यस्तो बताउनु भएको हो । वातावरणको हिसावले रामेछाप जिल्ला उच्च जोखिममा रहेकाले जिल्लाको संसार माध्यमलाई बातवरणिय समस्याका बिषय बढि भन्दा बढि उठाउन अग्रह समेत गर्नु भयो ।
वातावरणिय समस्या न्युनिकारणमा सन्चार माध्यमको भुमिका बिषयका दुई दिने तालिम आइतबार रामेछापको मन्थलीमा सम्पन्न भएको छ । सामुदायिक विकास समाज मन्थली , श्रृजनशिल युवा समाज चिसापानी र सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटारद्धारा संचालित वातावरण संरक्षण परियोजनाले आयोजना गरेको तालिमको सामुदायिक विकास समाजका कार्यकारी निर्देशक मिलन घिसिङको अध्यक्षता र सांसद पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । दुई दिन सम्मा संचालन भएको तालिममा रामेछाप जिल्लामा सन्चालित रेडियो , पत्रिका , अनलाईनमा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो ।