ताजा समाचार


हामि प्रकृतिक तथा संस्कृतिक रुपमा सम्पन्न छौ भन्ने सन्देश बिश्वलाई दिनु पर्छ : नगरप्रमुख बस्नेत

 नेपाल बाहक    १६ पुष २०७६, बुधबार १३:१३     1014 जनाले पढ़िसके


रामेछाप । मन्थली नगरपालिकाका नगरप्रमुख रमेश कुमार बस्नेतले नेपालमा भएका प्रकृतिक तथा संस्कृतिक सम्पदा देखाएर हामि समुन्त छौ भन्ने सन्देश बिश्वलाई दिने गरी भ्रमण बर्षको तयारी गर्नु पर्ने बताउनु भएको छ । बषै भरि संसारका सबै पर्यटकलाई नेपाल तर्फ आकर्षक गराउने र सुखि नेपाली समृद्घ नेपालको नारालाई अझ शसक्त बनाई नेपालिको अनुहारमा खुसि ल्याउन नेपालका तिनै तहका सरकार लागि रहेका समेत उहाँले बताउनु भयो । आज मन्थलीमा नेपाल भ्रमण बर्ष २०२० को शुभारम्म कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । र्यालिलाई सम्बोधन गदै नगरप्रमुख बस्नेतले नेपाल अनेकतामा एकता भएको देश, प्रकृतिक तथा संस्कृति सम्पदाले धनि छौ भनेर चिनाउन सफल भएको समेत बताउनु भएको थियो ।


र्यालिमा मन्थली नगरपालिकाभित्र बसोबास गर्ने विभिन्न जातजातिको सँस्कृति झल्कने झाकी प्रदर्शन पनि गरिएको थियो । कार्यक्रममा नेवार , तामाङ, माझी, मगर समुदायको सँस्कृति झल्कने विभिन्न झाँकी र बालुन भजन झाँकी पर्दशन गरिएको थियो । भ्रमण बर्ष शुभारम्भ र्यालीमा मन्थलीमा संचालित विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रमुख एवं प्रतिनिधि, सुरक्षा निकाय , पत्रकार , विद्यार्थी , शिक्षक लगाएत सर्वसाधारण नागरिकहरुको सहभागिता थियो । ममदनआश्रीक चोकबाट सुरु भएको र्याली जिल्ला प्रहरी कार्यालय हुदै बसपार्क पुगी बजार क्षेत्रको परिक्रमा गरी देवकोटाचोकमा आई सभामा परिणत भएको थियो ।