रामेछाप । सातौँ पोल्टी दिबसको अवसर पारेर रामेछाप अण्डा उत्पादक संघले रामेछापको मन्थलीमा बिभिन्न अस्पतालमा भर्ना भएका बिरामिलाई अण्डा बितरण गरेको छ । रामेछाप अण्डा उत्पादक संघका अनुसार संघले मन्थलीको तामाकोसि सेवा समिति,प्रथामिक स्वास्थ्थ केन्द्र,साहारा सामुदायिक अस्पताल, दिलश्री मेडिकल हल र रामेछाप समुदायिक अस्पतालमा भर्ना भएको ४ जान सुत्केरी सहित १५ जना बिरामिलाई अण्डा बितरण गरेको हो । “ एक दिन होइन हरेक दिन अण्डा र मासु भान्साको सान सवोत्तम प्रोट्रिन,स्वस्थ्य जिबन ” भन्ने मुल नाराका साथ रामेछाप मन्थलीमा सातौँ राष्ट्रिय पोल्टी दिवस मनाइएको थियोे ।