ताजा समाचार


भ्रमण वर्ष २०२० लाई सफल बनाउन रामेछापका स्थानीय तहहरु संग यस्तो छ योजना !

 नेपाल बाहक    १७ पुष २०७६, बिहीबार १२:५४     764 जनाले पढ़िसके

नवराज पथिक
१७ पुस, रामेछाप । नेपाल भ्रमणवर्ष २०२० लाई सफल बनाउन रामेछापका स्थानीय सरकारहरुले विभिन्न कार्यक्रम र योजना अघि सारेका छन् । स्थानीय सरकारहरुले आआप्mना स्थानका धार्मीक, ऐतिहाँसिक तथा रमणिय प्राकृतिक स्थलदेखि कला संस्कृति र खाध्य परिकारलाई समेत पर्यटन वर्षसँग जोडेर प्रचार सुरु गरेका छन् ।
वर्षको पहिलो दिन जिल्लाका सबै पालिकाहरुले आआप्mनो स्थानका कला, संस्कार र संस्कृति झल्किने झाँकि प्रदर्शन गरेका छन् । यसैगरि धार्मिक ऐतिहाँसिक र पर्यटकिय स्थानकाको समेत विभिन्न खालका परिचायत्मक कार्यक्रमहरु गरेका छन् ।
मन्थली नगरपालिकाले सदरमुकाम मन्थलीमा विभिन्न जात जातिको झाँकि प्रदर्शन गरेको थियो । यसैगरी खाँडादेवी गाउँपालिकाले पनि विभिन्न झाँकि सहित पालिका भित्रका पर्यटकिय स्थलहरुको बारेमा जानकारी गराएको गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङले जानकारी दिए ।
मन्थली नगरपालिकाले भ्रमण वर्षको लागि विभिन्न जातजातिको झाँकिलाई प्राथमिकतामा राखेको छ । यसैगरि पालिका भित्रका धार्मीकस्थलहरु बुढामहादेव लगायतका मन्दिर र तामाकोसी तथा सुनकोसी किनारको यात्रालाई सो पालिकाले प्राथमिकतामा राखेको छ ।
खाँडादेवी गाउँपालिकाले स्थानीय संंस्कार र साँस्कृतिक प्रदर्शनका साथै ऐतिहाँसिक तथा धार्मीक खाँडादेवी मन्दिर, नर्वदेश्वर महादेव, अग्लेश्वरी, तामाखानी निकालिएका प्राचिन सुरुङहरुलाई प्राथमिकतामा राखेको पालिका उपाध्यक्ष मखमली श्रेष्ठले बताइन् ।
पर्यटकिय स्थल, आलु लगायतका कृषि उत्पादन र जडिबुटीको भण्डारको रुपमा रहेका गोकुलगंगा र उमाकुण्डले जटापोखरी, पाँचपोखरी, नुम्बुर हिमाल, तामे लगायतका फलामखानीका क्षेत्रहरु लगायतलाई प्राथमिकतामा राखेका छन् । प्राकृृतिक मनोरञ्जनका साथै चाँैरी र चँौरीका परिकार आप्mनो क्षेत्रका आकर्षण रहेको गोकुलगंगा गाउँपालिका अध्यक्ष खड्ग सुनुवार बताउँछन् ।
नुम्बुर हिमालदेखि प्रकृतिक गुम्बा लगायतका क्षेत्रहरु आफ्नो क्षेत्रका पर्यटकिय आकर्षकका स्थान रहेको उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर तामाङले बताए । जिल्ला भित्रकै मासिहरुलाई पनि महत्वपुर्ण भ्रमणस्थल आफ्नो गाउँपालिका हुने उनले बताए ।
ऐतिहाँसिक शैलुङ क्षेत्र समेत समेटिएको दोरम्बा गाउँपालिकामा शेर्पा संस्कृतिदेखि युद्धपर्यटन क्षेत्रको रुपमा रहेको दोरम्बा लगायतको क्षेत्र रहेको सो गाउँपालिका अध्यक्ष कमानसिँह मोक्तान बताउँछन् । तिनै क्षेत्रको बारेमा प्रचार प्रशार गरि पर्यटक भित्र्याउने योजनामा सो पालिका छ ।
विभिन्न समुदायको संस्कृति सुनापति डाँडो र सुनकोसी गरतिर क्षेत्रको संस्कार संस्कृति देखाएर पर्यटकहरु भित्रयाउने योजनामा जिल्लाको सुनापति गाउँपालिका रहेको छ ।
जिल्लाको पुरानो सदरमुकाम समेत रहेको रामेछाप नगरपालिका भने रामेछाप बजारको ऐतिहाँसिकता, भालुखोप डाँडादेखि रामेछाप जिल्लाकै सबैभन्दा होचोठाउँ कोलञ्जोर घाटलाई पर्यटकिय गन्तव्यको स्थल बनाउने गरि पर्यटन बर्ष मनाउन लागेको छ ।
रामेछाप जिल्ला भित्र पर्यटकहरु ल्याउन सकिने धेरै धार्मी, ऐतिहाँसिक तथा पर्यटकिय स्थान, संस्कार, संस्कृति र सभ्यता भएको भुगोलविद एवं पुर्वसाँसद देवशंकर पौडेल बताउँछन् । रामेछापको सभ्यता, संस्कार र संस्कृतिको एक छेउ पनि उठान नसकिएको उनको भनाई छ । पर्यटनवर्षको अवसरमा यी कुरालाई उठाउनु पर्ने उनी बताउँछन् ।
जलविद्युत आयोजनाहरु हवको रुपमा रहेको लिखु तामाकोसी गाउँपालिका भने आन्तरिक विावदको कारण कार्यक्रम विहीन छ । सो पालिकाले भ्रमण वर्षको मात्र हैन यस वर्षको नीति तथा कार्यक्रम नै ल्याउन सकेको छ । आर्थिक वर्ष सुरु भएको ६ महिनसम्म पनि सो पालिकाले नीति कार्यक्रम नै ल्याएको छैन ।