रामेछाप । रामेछापमा ट्क्याटर दुघटना हुदाँ सहचालकको ज्यान गएको छ ।
सुनकोशी नदीबाट बालुवा लिएर सुकाजोर तर्फ जाँदै गरेको ना ३ च ७००५ नम्बरको ट्याक्टर उकालोमा तान्न नसकेर दुर्घटना हुँदा चालक सुकाजोर विर्ताका १९ बर्षिय सनम हायुको घटना स्थलमै ज्यान गएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रहरी हवल्दार बिष्णु गौतमका अनुसार ट्याक्टर पुरानो भएको र लामो समय सम्म सर्भे्िसङ नगरेका कारण उकालोमा लोड तान्न नसकेर दुर्घटना भएका अनुमान गरीएको छ ।