ताजा समाचार


खाँडादेबि गाउँपालिका मानवअधिकारमैत्री बन्ने गरी काम गर्ने अध्यक्ष तामाङ भनाई

 नेपाल बाहक    २३ पुष २०७६, बुधबार १०:४३     533 जनाले पढ़िसके

रामेछाप । पुस २३ गते
रामेछापको खाँडादेवी गाउँपालिकाले मानवअधिकारमैत्री गाउँपालिका बन्ने गरी काम गर्ने बताएको छ । मंगलबार अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० र मानवअधिकार संरक्षण सञ्जाल रामेछापले संयुक्त रुपमा आयोजना गरेको पालिका स्तरीय मानवअधिकार सञ्जाल गठन तथा मानव अधिकार संरक्षण र संवर्धनका लागि राज्यको जवाफदेहिता तथा जनताको सहभागिता अभिवृद्धि कार्यक्रमको अभिमूखिकरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङले सो कुरा बताउनु भएको हो ।
गाउँपालिकालाई मनवअधिकारमैत्री बनाउन पालिका सामाजिक संस्था र नागरिकसमाजसँग सहकार्य गरेर अघि बढ्ने उहाँले बताउनु भयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मखमली श्रेष्ठले पालिकाका पदाधिकारीले मात्र अनुगमनको काम गर्न नसक्ने भएकोले यसमा नागरिक समाज, सञ्जाल र समुहले सहयोग गर्नु पर्ने बताउनु भयो ।
वडा नं ८ का वडाअध्यक्ष इन्द्रबहादुर तामाङले काम गर्दा भएका कमजोरीलाई नागरिक समाले उठाइदिनु पर्ने बताउनु भयो । कार्यक्रममा मानवअधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक पाण्डव प्रसाईँले नागरिकले देखेको कुरा बोल्ने र सुधारको लागि सहयोग गर्ने बताउनु भयो । यसले पनि धेरै कुरा सुधार गर्न सकिने उहाँको भनाई थियो ।
सो पालिकामा दिपकबहादुर खत्रीको संयोजकत्वमा ७ सदस्यि गाउँपालिका स्तरीय मानवअधिकार संरक्षण सञ्जाल गठन भएको छ ।