ताजा समाचार


मन्थली नगरपालिकाले गर्यो एक सय बर्षका वृद्धलाई सम्मान

 नेपाल बाहक    २६ पुष २०७६, शनिबार १२:४०     548 जनाले पढ़िसके


 

रामेछाप । पुस २६ गते

मन्थली नगरपालिका ७ का माझी परिवारकै जेष्ठ सदस्य गाईने माझीलाई मन्थली नगरपालिकाले सम्मानित गरेको छ । एक सय वर्ष पुगेको अवसरमा उहाँको परिवारले अयोजाना गरेको धार्मीक मार्यक्रममा मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले माझीलाई सम्मानित गरेका हुन् ।

उनलाई नगरपालकाको तर्फबाट नगद रु १० हजार ५ सय र दोसल्ला ओढाएर सम्मानीत गरिएको हो ।

सोही क्रममा वडा कार्यालयको तर्फबाट नगद १ हजार ५ सय, दोसल्ला तथा कपडा सहित वडाअध्यक्ष सुर्दन प्रसाइले सम्मान गरेका थिए । कार्यक्रममा  विभिन्न राजनीतिक दलका नेताहरु लगायतको सहभागिता रहेको थियो ।  उनलाई अहिलेसम्म खासै रोग नलागेको र स्वास्थ्य रहेको उनको छोरा एवं मन्थली नगरकार्यपालिका सदस्य निर्माण माझीले जानकारी दिए ।