ताजा समाचार


खाँडादेवी गाउँपालिकाको छैठौँ गाउँसभा सम्पन्न

 नेपाल बाहक    २७ पुष २०७६, आईतवार १३:०८     428 जनाले पढ़िसके

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकाको छैठौँ गाउँसभा आइतबार खाँडादेवीको माकादुममा सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङको अध्यक्षतामा भएको सभाले विभिन्न ७ वटा ऐनहरु पास गरेको छ ।
सभाले सुशासन विधेयक २०७६, आर्थिक व्यवस्था गर्न बनेको विधेयक २०७६, सार्वजनिक नीजि साझेदारी विधेयक २०७६, औद्यौगित व्यवासायी विधेहयक २०७६, न्यायिक समितिको कारबाही गर्दा अपनाउनु पर्ने कार्यविधि सम्बन्धमा बनेको विधेयक २०७६, स्थानीय तहमा प्राकृतिक स्रोत संरक्षण सम्बन्धि विधेयक २०७६, गाउँपालिकाको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको कानुन २०७६ सर्वसम्मतिले अनुमोदन गरेको छ ।
यसैगरी पालिकाले समपुरक र विशेष कोषको बजेट समेत अनुमोदन गरेको छ । सभाले पालिकाको बजेट रकमान्तरण गर्ने प्रस्तावलाई समेत अनुमोदन गरेको थियो । सभामा अधिवक्ता पाण्डव प्रसाईले सुशासन विधेयकमा भएको सारभुत व्यवस्थाको बारेमा जानकारी गराएका थिए । मानवअधिकारकर्मी नवराज पथिकले सभाको सफलताको शुभकामना व्यक्त गर्दै पालिकाले पास गरेका ऐनहरुको पूर्णकार्यान्वयनका शूभकामना व्यक्तग गरेको थिए ।