ताजा समाचार


मन्थलीमा भुकम्पिय सुरक्षा सम्बन्धि डेमोस्ट्रेसन प्रदर्शन

 नेपाल बाहक    २ माघ २०७६, बिहीबार ०८:०९     833 जनाले पढ़िसके

रामेछाप । राष्ट्रिय भूकम्प दिवसको अवसमा रामेछापको मन्थली नगरपालिकामा बिहिबार भूकम्पिय सुरक्षा सम्बन्धि डेमोस्ट्रेसन प्रदर्शन गरिएको छ । जिल्ला विपत व्यवस्थापन समिति र मन्थली नगरपालिकाको अयोजनामा भएको कार्यक्रममा डेमो प्रदर्शन गरिएको हो ।
कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी ,सशस्त्र प्रहरी, रेडक्रसकर्मी र स्वास्थ्यकर्मीले भूकम्प अगाडी भुकम्पको बेला र भूकम्प पछि अपनाउनु पर्ने सुरक्षाको बारेमा सुरक्षा अभ्यास गरेका थिए ।
भूकम्प अगाडी भुकम्पिय हिसावले सुरक्षित घर बनाउनु पर्ने, झटपट झोला तयारी अवस्थामा राख्नु पर्ने सन्देश दिन डमो देखाइएको थियो भने । भुकम्पका समयमा नहड्बडाइ सुरक्षित स्थानमा जाने, घरभित्रै ओट लागि गुडुल्किको विधि अपनाउने, हड्वडाएर नभाग्ने सन्देश दिने डेमो देखाइएको थियो । त्यस्तै भुकम्प पछि उद्दार र उचारको अभ्यास गरिएको थियो ।
कार्यक्रममा बोल्दै मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले सर्वसारणले भूकम्पीय सुरक्षा विधिको बारेमा हेरेरै जानुन् भनि कार्यक्रमको आयोजना गरिएको बताए ।