ताजा समाचार


कुनै पनि दबावमा अपराधीलाई उन्मुक्ति नदिने रामेछापका प्रहरी प्रमुख पाठकको भनाई

 नेपाल बाहक    २ माघ २०७६, बिहीबार १२:५२     566 जनाले पढ़िसके

रामेछाप । रामेछापका प्रहरी प्रमुख प्रहरी निरिक्षक वसन्त पठकले कुनै पनि दबावमा अपराधीलाई उन्मुक्ति नदिने बताउनु भएको छ । पाठकले आफु जिल्ला रहुन्जेल कुनै पनि दबावमा अपराधिलाई उन्मुक्ति नदिने बरु जिल्ला नै छाड्ने बताउनु भएको थियो ।
डि.एस.पी भएपछि पहिलो जिल्लाका रुपमा रामेछाप आएका पाठकले विहिबार पत्रकारहरुसँग आयोजित परिचयात्मक कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।
पाठकले जिल्लाको सुरक्षा अवस्थालाई अध्ययन गरी सञ्चारमाध्ययनसँग नजिक रहेर काम गर्ने बताउनु भयो । जिल्लाका सबै सरोकारवाला निकायहरुसँग आवश्यक समन्य गरेर जिल्लाको शान्ति सुरक्षालाई मजवुद बनाउने उहाँको भनाइ रहेको थियो ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख रामेश्वर पाण्डेले जिल्लाको ट्राफिक व्यवस्थामा थप कडाई गरिएको बताउनु भयो । जिल्ला सदरमुकाम मन्थली बजारको थप व्यवस्थापनका लागि वन वे सुरु गरिएकाले थप ट्राफिक व्यवस्थापन भएको उहाँको भनाई छ । मन्थलीमा चाडै पार्कीङको व्यवस्थापन गरीने समेत बताउनु भएको थियो ।